निषेधाज्ञा हटेसँगै धरानमा बिहानैदेखि चहलपहल
धरान | भदौ १०, २०८०
काठमाण्डौ: सुनसरीको धरानमा आज बिहानैदेखि चहलपहल शुरु भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानरमा शुक्रवार रातिदेखि लगाएको २४ घण्टे निषेधाज्ञा गएराति १२ बजेदेखि हटेको छ ।
हिजो दिनभर धरान सुनसान भएको थियो । निषेधाज्ञाका कारण मानिसहरूको चहलपहल कम थियो । धरान हुँदै कोशी राजमार्गमा चल्ने सार्वजनिक गाडी पनि प्रभावित भएका थिए । आज भने बिहानैदेखि चहलपहल शुरु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धरानमा भइरहेका गतिविधिले नकारात्मक प्रभाव पार्ने भन्दै संवादको माध्यमबाट समस्या समाधान गर्न अपिल समेत गर्नुभएको छ ।
त्यस्तै, राष्ट्रिय मानवअधिकार आयोगले हिजो विज्ञप्ति निकालेर सुनसरीको धरानमा साम्प्रदायिक हिंसा भड्किन सक्नेतर्फ संवेदनशील बन्न सरकारको ध्यानाकर्षण गराएको छ । धरानमा सामाजिक एकता कायम गर्न विभिन्न राजनीतिक दल, त्यहाँका पूर्व मेयरदेखि अहिलेका मेयर हर्क साम्पाङ राई, विभिन्न सङ्घसंस्था र नागरिक समाजले पनि आग्रह गरेका छन् ।
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझैपनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ । बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर...
अन्र्तराष्ट्रिय: नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई बिदाइ दियो । सन् २०२५ डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतित्व, गाजामा युद्धविराम र युक्रेनमा शान्तिका व्यर्थ प्रयासको वर्षको रूपमा चिनिन्थ्यो । यो ...

